रौतहट जिल्लामा आचरण विरुद्धको कार्य गर्ने तिन प्रहरी निलम्बित भएका छन ।
असार १३, रौतहट । रौतहट जिल्लाका औरैया प्रहरी चौकीमा खटिएका प्रहरी सहायक निरिक्षक ललित साह र प्रहरी जवान दिनेश हजाराका साथै रौतहट ब्रम्हापुरी प्रहरी चौकीका कार्यरत प्रहरी सहायक निरीक्षक संजिव झा लाई पनि प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो । सामाजमा भ्रष्टाचार कम नगरी झन प्रहरीले नै भ्रष्टाचार गरेको, प्रहरीको छवी खराब बनाएको भन्दै प्रदेश २ का प्रहरी कार्यालयले उनीहरुलाई निलम्बन गरेको जनाकाएको छ ।
रौतहटका विभिन्न ईलाकामा कार्यरत यी प्रहरीहरुले गलति गरेपनि प्रदेश प्रहरीले उनीहरुलाई आÏनो आचारण सुधार्न मौका दिदा समेत उनहिरुले व्यवहार परिर्वतन नगरेकोले भ्रष्टाचार विरुद्ध्र शुन्य सहनशीलता अपनाइरहेको प्रदेश प्रहरी कार्यालयले तिनै जनालाई निलम्बन गरेको जनाएको छ ।
निलम्बीत हुने मध्ये प्रहरी सहायक निरिक्षक संविज झा केही दिन अघि एक महिला संग आपतीजनक अवश्थामा पक्राउ परेका थिए ।