वीरगञ्जबाट लागु औषधसहित एकजना पक्राउ

   १७ भाद्र २०७७, बुधबार १३:०३  

१७ भदौ, रौतहट । वीरगञ्जबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर कटारी नगरपालिका ६ बस्ने ३८ वर्षीय जीबहादुर कार्कीलाई लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिस सहित प्रहरीले पक्राउगरेको छ ।

वीरगञ्ज १३ राधेमाई टोल बस्दै आएका कार्कीलाई सोमबार दिउँसो पौने चार बजे डेराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । उनको कोठा खानत तलासी गर्दा विनरेक्स ७२ बोत्तल र नाईट्राभेट ट्याब्लेट १०५ पिस बरामद भएको उनले बताए ।

गत आर्थिक वर्ष ०७६र७७ मा प्रहरीले अदालतमा लागु औषध ओसारप्रसारविरुद्ध १११ वटा मुद्धा दर्ता गरेको छ । त्यसमा संलग्न १ सय ७२ जनालाई पक्राउ गरेको छ । गाँजा ६२४ किलो, चरेश २८ किलो, अफिम १ किलो २५० ग्राम, फेनारगन ३ हजार ५३ एम्पुल, डाईजील्याब ३ हजार ३६४ एम्पुल, नुफिर्न ३ हजार १०१ एम्पुल, निट्राभेट ६ हजार १२ थान र कोरेक्स ८ सय ३४ एम्पुल बरामद गरेको छ ।