विषालु सर्पले टोक्दा एक वालिकाको मृत्यु
१६ भदौ, रौतहट । सर्पले टोक्दा रौतहटमा एक वालिकाको मृत्यु भएको छ । रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाका दिनेश सहनीको ७ वर्षीया छोरी खुसी कुमारी सहनीको विषालु सर्पले टोक्दा मृत्यु भएको हो । घरबाहिर खेलिरहेको अवस्थामा उनलाइ बिहान सर्पले टोकेको थियो ।
सर्पले टोके पनि बालिकाले केही बेरसम्म थाहा पाएकी थिइनन । दिउँसो तिर एक्कासि उनको स्वास्थ्य अवस्था बिग्रेपछि घरमा आमाले सोध्दा बालिकाले आफुलाइ खेल्ने क्रममा केही घोचेको जस्तो भएको बताएकी थिइन ।
अस्पताल लैजानु अघिनै उनको मृत्यु भएको परिवारजनले जनाएक छ्न ।






