नेकपाका जिल्ला नेताको कोरोन संक्रमणका कारण मृत्यु

   १५ भाद्र २०७७, सोमबार १४:०४  

१५ भदौ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना भाईरसका सङ्क्रमणबाट मृत्यु भएको छ ।

उनमा श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । आज बिहान उचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ वर्षीय उनमा भदौ २ गते कोरोना भाईरसका सङ्क्रमण पुष्टि भएको थियो । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए ।

कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध पनि भएका थिए ।