अब वीरगञ्जमा पनि प्लाज्मा थेरेपीबाट कोरोना सङ्क्रमितको उपचार सुरु
१५ भदो, रौतहट । वीरगञ्जस्थित नारायणी अस्पतालमा पनि प्लाज्मा थेरेपीबाट कोरोना सङ्क्रमितको उपचार सुरु भएको छ । आइतबार अस्पतालमा पहिलो पटक एक जना कोरोना सङ्क्रमितको प्लाज्मा थेरेपीबाट उपचार सुरु भएको हो । उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन ।
नागरिक सरोकार समाज पर्साको विशेष पहलपछि रक्तसञ्चार केन्द्र वीरगञ्ज र नारायणी अस्पतालबीच शनिबार प्लाज्मा बैंक स्थापना गर्ने सहमति भएसँगै आवश्यक मापदण्ड पूरा गरेर थेरेपीबाट उपचार सुरु गरिएको नारायणी अस्पतालले जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरले जानकारी दिए ।
थेरेपीबाट पहिलो उपचार पाउँने व्यक्ति सर्लाही जिल्लाको चकरघट्टा गाउँपालिका वडा नम्बर ३ सुन्दरपुर निवासी ३५ वर्षीय पुरुष हुन ।
स्वास्थ्यमा समस्या आएपछि शनिबार नारायणी अस्पताल भर्ना भएका उनको आइतबार स्वाब सङ्कलन गरेर पिसिआर प्रविधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उनि अस्पताल भर्ना हुनुभन्दा एक हफ्ता पहिलादेखि उच्च ज्वरो र श्वासप्रश्वासको समयसाबाट ग्रसित थिए ।