नेपालमा एकैदिन १ हजार २ सय २१ जनाको कोरोना रिपोर्ट पोजेटिभ
१४ भदौ, रौतहट । नेपालमा बितेको २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानेकारी अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७ सय १७ नमुनाका पीसीआर परीक्षण गर्दा ३ सय ४८ महिला र ८ सय ७३ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन । पछिल्लो २४ घण्टामा मात्र २६७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन ।
आज कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४२९ संक्रमित भेटिएका छन । उनीहरुमध्ये काठमाडौंका ३७२, भक्तपुरका ४५ र ललितपुरका १२ जना छन ।
यस्तै चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५र२५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११र११ जना छन ।
मकवानपुरका ९ जना, पाल्पा र अछामका ८र८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६र६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५र५ जना, ओखलढुंगा र तनहुँका ४र४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३र३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २र२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १र१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।