थप ४ कोरोना संक्रमितको मृत्यु
१४ भदौ, रौतहट । कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । धरानका दुई जना, भक्तपुरका एक जना र रुपन्देहीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उपमहानगरपालिकाका आमाछोराको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो । आमाको बिहान ८;३० र छोराको ७;४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए । मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यस्तै, भक्तपुर नगरपालिका १ दूधपाटीका बासिन्दा उनको आइतबार विहान मृत्यु भएकोजिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।
उच्च रक्तचाप र महुमेहको समस्या देखिएका ति पुरुषमा कोरोना संक्रमणको लक्षण भने देखिएको थिएन । उनी आफै खाना खान नसक्ने समस्या भएकाले परिवारकै आग्रहमा होम आइसोलेसनमा राखिएको मिजारले बताए ।
‘भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए’ मिजारले भने, ‘घरमै बसेको बेला आज बिहान उनको मृत्यु भएपछि मात्र परिवारका सदस्यले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको जनस्वास्थ्य अधिकृत मिजारले बताए ।
त्यसैगरी रुपन्देहीका एक कोरोना संक्रमित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४;३५ बजे अस्पताल भर्ना भएका थिए । उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए । मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।






