टिएमएसमा समस्या आएपछि शेयर कारोबार स्थगित

   १४ भाद्र २०७७, आईतवार १३:३८  

१४ भदौ, रौतहट । नेपाल स्टक एक्सचेञ्जको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आएपछि शेयर कारोबार स्थगित भएको छ ।

नेप्सेका अनुसार टिएमएसमा केही प्रावधिक समस्या देखा परेपछि केही समयका लागि कारोबार स्थगित गरिएको जनाएको छ । प्राविधिक समस्याको पहिचान भइरहेको र समस्या समाधान हुनासाथ कारोबार सूचारु हुने नेप्सेले जनाएको छ ।

बजार खुलेको एक घण्टाको अवधिमो नेप्से सूचक ११ अंक बढीले घटेर १४४६।२४ अंकमा झरेको छ । यसअवधिमा १५६ कम्पनीको १० लाख बढी कित्ता साढे ४६ करोड बराबरमा किनबेच भएको छ ।