गण्डकी प्रदेशमा थपिए ३२ जना संक्रमित, २२ जना संक्रमित स्याङ्जाका,
असार १३, रौतहट । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ। शनिवार बिहान गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले यसबारे जानकारी दिएका हुन्।
संक्रमितमध्ये २२ जना स्याङ्जाका रहेका छन् भने ८ जना बाग्लुङका छन्। बाँकी दुई जना पूर्व नवलपरासीका रहेका छन्।
योसँगै अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएका हुन्।
हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा रहेका छन् भने अन्य पालिकाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताइएको छ्र