प्रस्तावित तीन राजदूतविरुद्ध संसदीय सुनुवाई प्रक्रिया सुरु
१२ भदौ, रौतहट । प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।
केही दिनअघि राजदूत सिफारिस भएका बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काविरुद्ध शुक्रबार संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ ।
अबको १० दिनभित्र जो कोहीले सुनुवाई समितिसमक्ष राजदूत सिफारिस भएका तीन जनाविरुद्ध उजुरी दिन सक्नेछन । संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिशमा राजदूत पदमा नियुक्ति हुनुअघि संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ ।