मेगा बैंकका शेयरधनीलाई बोनसको कर तिर्न अपिल
१२ भदौ, रौतहट । गण्डकी विकास बैंक तर्फका शेयरधनीलाई विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको बोनस शेयरको कर तिर्न अपिल गरेको छ।
बैंकले आर्थिक वर्ष २०७१र७२, आव २०७२र७३ र आव २०७३र७४ मा वितरण गरेको बोनस शेयरमा लाग्ने कर वापतको रकम मेगा क्यापिटल मार्केटको जिडिबिएल बोनस ट्याक्स खाता नम्बर ००१००१०७१६३१८ राइजिङ्ग मल काठमाण्डौंको खाता नम्बरमा बुझाउन सकिने बैंकको शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केटले जनाएको छ।
यसरी रकम जम्मा गर्दा शेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर। शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर विवरण बुझाएको हो स्पष्ट रुपमा खुलाउनुपर्नेछ।
बैंकमा जम्मा गरेको प्रमाण सहितको भौचर इमेल ठेगानामा इमेल ([email protected])मार्फत पठाउन सकिने जनाइएको छ। उक्त बोनसमा लाग्ने कर जम्मा भएपछि मात्र सम्बन्धित शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिने जनाइएको छ ।
शेयरधनीले बोनस वापत तिर्नुपर्ने रकम सम्बन्धि विवरणहरु मेगा क्यापिटलको वेवसाइट मार्फत प्राप्त गर्न सकिने जनाइएको छ। साथै हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीलाई पनि बोनसको कर तिरी आफ्नो शेयर डिम्याट गर्न अनुरोध गरिएको छ ।
साबिकको गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७१र७२, आव २०७२र७३ र आव २०७३र७४ मा क्रमश २३, १९.७३ र १९.३१ प्रतिशत बोनस वितरण गरेको थियो।
मेगा बैंकले गण्डकी विकास बैंकले एक बराबर एक शेयर स्वाप रेसियोमा प्राप्ती गरी २०७७ असार २१ गतेदेखि एकीकृत कारोबार थालेको थियो।