भैरहवामा फुड बैंक खुल्यो
११ भदौ, रौतहट । निषेधाज्ञाका कारण मर्कामा परेका श्रमिकहरुलाई लक्षित गर्दै भैरहवामा पनि फुड बैंक सञ्चालनमा ल्याइएको छ ।
लकडाउनका बेलामा उपभोग्य सामग्रीको अभावमा कोही भोकै नपरोस भन्ने उद्देश्यले बुधबारदेखि फुड बैंक स्थापना गरिएको मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवाले जनाएको छ ।
फूड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकताअनुसार लकडाउन अवधिभर हुनेबाट लिइने र नहुनेलाई वितरण गरिने सञ्चालक रविकुमार रौनियारले जानकारी दिए ।
खाद्य बैंकमा त्यस क्षेत्रका ब्यापारीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको सञ्चालकहरुले बताएका छन । सहयोग गरिएको खाद्यान्न दैनिक छाक टार्न समस्य परेका परिवारहरुलाई वितरण गरिने कार्यक्रम संयोजक वीरेन्द्र ज्ञवालीले बताए । फूड बैंकबाट विपन्नलाई सहयोग वितरण सुरु गरिसकेको पनि उनले जानकारी दिए ।