घरमै झुण्डिएका गायक परियारको उपचारका क्रममा मृत्यु,
असार १२, रौतहट । आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ ।
गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।
तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले बताएका हुन्।
कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।
दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले बताए।