फेरी ओली र ‘प्रचण्ड’ले अनुमोदन बारे छलफल गर्दै

   १० भाद्र २०७७, बुधबार १३:३५  

१० भदौ, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समस्या समाधान सुझाव कार्यदलले दिएको प्रतिवेदनलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुमोदन गरेसंगै पुन; गठनको बाटो खुलेको हो ।

कार्यदलका सदस्य भीम रावलले सचिवालय र स्थायी कमिटीबाट पुनर्गठनको खाका तयार हुने बताए । कसलाई कुन जिम्मेवारी दिने भन्ने निर्णय सचिवालय र स्थायी कमिटीले गर्छु, रावलले पहिलोपोस्टसँग भने हामीले रणनीतिक सुझाव दिएका हौं । अध्यक्षद्वयले अनुमोदन गरेसँगै पुनर्गठनको बाटो खुलेको छ ।

नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा रावलसहित शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदलको प्रतिवेदनमा सचिवालयका सदस्यहरूको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने भनिएको छ ।

साथै मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने पनि भनिएको छ । पार्टीको नीतिगत मार्गदर्शनमा सरकार सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव पनि दिइएको छ ।