सिन्धुली अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु
असार १२, रौतहट । सिन्धुली अस्पतालमा एक महिलाको आइसोलेसनमा मृत्यु भएको छ।
शुक्रबार बिहान चार बजे महोत्तरी बर्दिबास नगरपालिकास्थित पाटु घर भई सिन्धुली घ्याङलेख गाउँपालिका १ बस्दै आएकी २१ वर्षीया महिलाको मृत्यु भएको छ।
ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि बिहीबार दिउँसो ती महिलाका परिवारले जिल्ला अस्पताल सिन्धुलीको आइसोलेसनमा भर्ना गराएका थिए।
ती महिला गत असार ४ गते पाटुबाट घ्याङलेखस्थित माइती आएकी थिइन्।
ती महिला गत असार ४ गते माइती आएकी थिइन् । पहिले आउँदा ज्वरो आएको थिएन, तर वडा नम्बर १ का वडाध्यक्ष रामकाजी वाइबाले भने, ९ गतेदेखि घाँटी दुख्ने र ज्वरो आएर बिरामी भएछ । बिहीबार अस्पतालमा लगेका थिए।
उनको कोरोना भाइरसको परीक्षण गर्नको लागि स्वाब समेत संकलन गरिसकेको वडाध्यक्ष वाइबाले बताए।
जिल्ला अस्पतालबाट उनको स्वाब संकलन गरेर परीक्षणको लागि हेटौंडास्थित प्रयोगशालामा पठाइसकेको छ, उनले भने, परीक्षणको रिपोर्ट आउन बाँकी छ। लक्ष्ण हेर्दा कोरोना हो कि भन्ने आशंका गरिएको छ।
ती महिलाको शव अहिले सिन्धुली अस्पतालमै राखिएको वडाध्यक्ष वाइबाले बताएका हुन्।