पोखरामा सञ्चारकर्मी र सुरक्षाकर्मीसहित थप ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ

   ९ भाद्र २०७७, मंगलवार ११:०६  

भदौ ९, रौतहट । मंगलबार बिहान गण्डकी प्रदेशमा सञ्चारकर्मी र सुरक्षाकर्मी गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ८ पुगेको छ । आज थपिएका संक्रमितहरुमध्ये ११ जना पोखरा महानगरपालिकाका छन ।

पोखरामा १ पत्रकार, २ सुरक्षाकर्मी र १ जना दुबईबाट फर्किएका व्यक्तिसहित ११ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जनाएका हुन् ।

यस्तै, मंगलबार नै तनहुँको भानु नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८ पुगेको छ । १ हजार ६ सय ३९ जना निको भएर घर फर्किएका छन ।

त्यस्तै, अहिलेसम्म ८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भईसकेको छ ।