सुदूरपश्चिम ५७ जना संक्रमित थपिए

   ८ भाद्र २०७७, सोमबार १४:५२  

भदौ ८, रौतहट । सुदूरपश्चिम प्रदेशमा थप ५७ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

आइतबार डडेल्धुरा अस्पताल पीसीआर प्रयोगशालामा १ हजार १ सय ६ जनामा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमा हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १, बैतडीको आम्री क्याम्पका १ जना छन।

त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिका का ७, घोडाघोडी नगरपालिकाका ३१, टीकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिएका हुन् ।