बैकं खुल्ने निणर्य सँगै चहलपहल बढ्दै ।

   ८ भाद्र २०७७, सोमबार ११:१२  

प्रेम यादव

भदौं ८, रौतहट ।

जिल्ला प्रशासन कार्यालय रौतहटले सोमवारबाट बिहान ७ देखि ११ बजे सम्म खाद्यान्न, निर्माण सामग्री तथा बैक खुल्ने निणर्य गरे सँगै बजार तथा बैकहरुमा मान्छेहरुको बाक्लो उपस्थीति देखिएको छ । झण्डै दुई साता लामो बन्द पछि आज बैंकहरु संचालनमा आउदा सेवाग्राहीको बिहानै देखि भिड लागेको हो ।

लामो समय देखि बैंक बन्द हुदा स्थानियको आर्थिक अवश्था पनि प्रभावित बनेको थियो । कोरोना संक्रमणका कारण व्यापार व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष प्रभाव परेको छ । दैनिक ज्यालादारी र व्यापार गर्नेहरु मर्कामा परेका छन ।

जिल्ला सदरमुकाममा रहेको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले बिहान ७ बजे बाट नै सेवा प्रदान गरे पनि गौरमा रहेका प्राइवेट बैंकहरुले ९ बजे देखि सेवाग्राहीको काम सुचारु गरेका छन ।

बिहान ७ बजे देखि ११ बजे सम्मको लागि खाद्यान्न पसलहरु खुल्ने निणर्यले जनजीवनमा केही समान्य बनेको छ । जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाको उपायलाई लागु गर्ने शर्तमा बजार तथा बैंकहरुलाई संचालनको अनुमति दिएको हो ।