विदेशमा अप्ठ्यारामा परेकाहरुको नागरिकलाई निःशुल्क उद्वार गर्ने; देउवाको सरकारलाई आग्रह

   ७ भाद्र २०७७, आईतवार १६:०५  

भदौ ७, रौतहट । कोरोना भाईरस (कोभिड १९)का नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खतिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारी उत्पन्न नहुन दिनको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आग्रह गरेका छन ।

साथै उनले विदेशमा अप्ठ्यारामा परेकाहरुको निःशुल्क उद्वार गर्नसमेत सरकारसँग माग गरेका छन ।

उनले आइतबार वक्तव्य निकालेर आफ्नो जीवन जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीसंगै सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाईकर्मीहरुको प्रशंसा गरेका छन । ‘यो प्रतिकूलतामा निर्वाह गरेको भूमिकाको उच्च सह्राहना गर्दछु’ उनले भनेका छन ।

स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण खल्ल हुन नदिन समेत सरकारलाई देउवाले आग्रह गरेका छन ।

‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ’ उनले भनेका छन, स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु ।’

स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भन्दै देउवाले यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न सबैलाई आग्रहसमेत गरेका छन । एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा मानवीय भावना साथ थप क्रियाशील रहन पार्टीका नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन ।