काठमाडौं निःसंक्रमण भयो ?

   ६ भाद्र २०७७, शनिबार १४:०६  

भदौ ६, रौतहट । कामाडौँ उपत्यकामा कोरोना भाईरस (कोभिड १९)बाट संक्रमित हुनेको संख्या बढ्दै गइरहेको बेला काठमाडौं महानगरपालिकाले शहरका विभिनन स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन) को काम जारी राखेको छ ।

शनिबार बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । सडक, सडक किनारका संरचना र बोटबिरुवाहरुमा समेत औषधि छर्किइएको छ ।
शनिबार बिहान न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, शंकरदेव, प्रदर्शनीमार्ग, सिंहदरबार पश्चिम गेट, थापाथली, परोपकार प्रसूति गृहलगायतका स्थानमा निःसंक्रमण गरिएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं जिल्लामा मात्रै एक हजारभन्दा धेरै कोरोना संक्रमित रहेको अनुमान गरिएको छ ।