पूर्वप्रधानमन्त्री माधव नेपालका ७ सुरक्षाकर्मीमा कोरोना पुष्टि, परिवारमा सबैको रिपोर्ट नेगेटिभ
द नेपाल मिडिया
६ भाद्र २०७७, शनिबार १२:३४
भदौ ६, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब संकलन गरी परीक्षण गर्दा उनका ७ सुरक्षाका कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
पुर्वप्रधानमन्त्री नेपालको परिवार सबैको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको बताइएको छ । यस्तै, अहिले कोरोना भाईरस संक्रमण पुष्टि भएका सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ ।
माधव नेपालका परिवारले तीन पटकसम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिसकेका छन ।
यस्तै, यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड १९) पोजेटिभ देखिएको थियो ।