वीरगञ्जमा २० जनाले कोरोना जितेर घर फर्किए
भदौ ६, रौतहट । वीरगञ्जको आइसोलेसन सेन्टरबाट २० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । वीरगञ्ज्स्थित होटल रानीपोखरी सेमी(आइसोलेसन) सेन्टरमा रहेका २० जनाको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
होटल रानीपोखरीमा चिकित्सकीय परामर्श सुविधासहित लक्षण नभएका ५२ जना संक्रमितलाई राखिएकोमा २० जना डिस्चार्ज भएको आइसोलेसनका व्यवस्थापक दिलिपराज कार्कीले जानकारी दिए
वीरगञ्ज–२५ सिर्सिया बस्ने ४६, ५८, ६०, ४८, ५०, ४२, ३६, ५०, ५५ र ७२ वर्षीय पुरुष डिस्चार्ज भएका छन । वीरगञ्ज नगवा बस्ने २५ र २६ वर्षीय युवक, वीरगञ्ज प्रगतीनगर बस्ने २४ वर्षीया महिला र ५५ वर्षीय पुरुषले पनि कोरोना जितेका छन ।
यसैगरी वीरगञ्ज छपकैया बस्ने ४७ वर्षीय पुरुष, रामगढवाका १६ वर्षीय पुरुष, श्रीपुरका ६० वर्षीय पुरुष र २३ वर्षीय युवक तथा पावरहाउस बस्ने १९ वर्षीय युवक र वीरगञ्ज–१३ का २३ वर्षीय युवकले पनि कोरोना जितेका छन ।
त्यस्तै १४ दिन रानीपोखरी आइसोलेसनमा बसेका रामचन्द्र मिश्रले समय–समयमा नास्ता, खाना मिलेको, पानीको प्रबन्ध पनि राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
चुली मिश्रले कोरोनामुक्त भई घर जान पाउँदा एकदमै खुशी लागेको बताइन । कोरोना संक्रमण पुष्टि भएपछि उनी पनि १४ दिन आइसोलेसन बसेर कोरोनामुक्त भई घर फर्किएकी छन ।
यसअघि पर्सामा ७२ जना महिलासहित ३ सय ४५ जना कोरोनामुक्त भई घर फर्केका थिए ।