आज थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

   ४ भाद्र २०७७, बिहीबार १७:०४  

भदौ ४, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ, भने १७ हजार ९६४ जना निको भएका छन । यस्तै, बितेको २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि, कोरोना जितेर डिस्चार्ज भएका छन ।आज कहाँ

कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएको थियो, त्यस क्रममा काठमाडौं उपत्यकामा मात्र २०० जना संक्रमित भेटिएका छन । जसमध्ये १७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन।

यस्तै, सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१र३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१र२१ जना, सप्तरी, कास्की र दैलेखका १९र१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६÷१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

तेह्रथुम र मोरङमका ९र९ जना, बारा र बाग्लुङका ८र८ जना, उपयपुर र दाङका ४र४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३र३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २र२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १र१ जनामा संक्रमण देखिएको छ ।