सुनको मूल्य आज बजारमा घट्यो,

   १२ असार २०७७, शुक्रबार ०६:३१  

असार १२, रौतहट । सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज बजारमा घटेको जनाएको छ ।
शुक्रबार महासंघले नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।