अब प्रहरीले निषेधाज्ञामा पनि बैंकका कर्मचारीलाई नरोक्ने
भदौ ४, रौतहट । अब निषेधाज्ञामा बैँकका कर्मचारीहरुलाई प्रहरीले नरोक्न भएको छ । बिहीबारदेखी जारी निषेधाज्ञामा पनि कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैँकका कर्मचारीहरुलाई बैँकको परिचय पत्रका आधारमा कार्यालय जानआउन दिने आदेश भएको थियो ।
तर, आज बिहानै प्रहरीले बैँकका कर्मचारीहरुलाई रोकेपछि बैँकहरु ऋाक्रोशित बनेका थिइ । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै बिहीबार नखोल्न भनेको थियो । तर, अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको जानकारी दिए । अब माथिबाटै नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई नरोकिने उनले बताए ।
यस्तै, नेपाल बैंकर्स संघले भने अहिले नै विश्वास गरी हाल्न अप्ठेरो परेको बताएको छ । हिजो पनि नरोक्ने भनेको तर आज रोकिएको भन्दै बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले लिखित रुपमै आए सजिलो हुने बताए ।






