स्कारपियोको ठक्करबाट मोरङमा तीनजनाको मृत्यु,
असार १२, रौतहट । मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।
बिहीबार राति करिब साढे ८ बजे भएको यो दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका९७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पैदल यात्री महिला र मोटसाइकलमा सवार दुईजना पुरुषको मृत्यु भएको हो ।
झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको हो । त्यसपछि सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका ९२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको छ ।
दुर्घटना भएको घटनास्थलमै महिलाको मृत्यु भएको थियो । अन्दाजी ४५ वर्षीया महिलाको पहिचान खुलेको छैन ।
गुरुङको नोबेल मेडिकल कलेज र लिम्बुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताए ।
दुर्घटनापछि स्कोरपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका ४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरले बताए ।






