राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

   २ भाद्र २०७७, मंगलवार १८:४६  

२ भदौ, रौतहट । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १०१ वर्षीय घिमिरेको मंगलबार अपराह्न निधन भएको हो। उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङमा  भएको थियो।