अमिताभ बच्चनको कुन चर्चित काठमाडौंमा सुट भएको थियो ।

   १ भाद्र २०७७, सोमबार १५:१९  

भदौ १, रौतहट ।
अमिताभ बच्चन धेरैजसो आफ्नो फिल्मको पुरानो फोटो सेयर गरेर प्रशंसकलाई फिल्मको नाम बताउन भन्छन् । उनको यो ‘गेस द मुभी’ गेम प्रशंसकबीच निकै लोकप्रिय पनि छ । तर यसपटक कसैले उनलाई ट्याग गरेर उनकै एउटा फोटो सेयर गरेर फिल्मको नाम बताउन भने । यसको जवाफमा अमिताभ बच्चनले सीनबारे विस्तृत जानकारी दिए ।

अमिताभले फोटोलाई रि–ट्वीट गर्दै लेखे, ‘यो ‘महान’ को हो जुन नेपालको काठमाडौंमा सुट गरिएको थियो ।’ तस्बिरमा अमिताभ बच्चन स्विमिङ पूलको साइडमा हातमा सुन्तलाको जुस लिएर बसिरहेको देख्न सकिन्छ । प्रयोगकर्ताले यो फोटोमा रोचक कमेन्ट गरेका छन् ।

एक प्रयोगकर्ता लेख्छिन्, ‘जिनत अमान तपाईंलाई भाडाको श्रीमान् बन्न भन्छिन्… निकै रोचक दृश्य ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘अमिताभ बच्चन जीको फिल्म महान् जसमा उनले तीनवटा चरित्र निर्वाह गरेका छन्, निकै शानदार फिल्म ।’

अर्का एक प्रयोगकर्ताले महान फिल्ममा उनको भूमिकाबारे चर्चा गर्दै लेखे, ‘हामीलाई याद छ र फिल्म दिल्लीमा पनि छायांकन गरिएको थियो, पहिलो र अन्तिम पटक तीन भूमिका तपाईंले निभाउनुभयो जुन भिन्न–भिन्न चरित्रमा थिए । यी पात्रलाई हेर्दा यो एकै कलाकारले निर्वाह गरेको जस्तो देखिँदैनथ्यो । प्रहरी इन्स्पेक्टरको भूमिकामा भिन्न हाउभाउ थियो । तीन हिरोइन र अरुणा इरानी ।’