लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या २२ पुग्यो
द नेपाल मिडिया
१ भाद्र २०७७, सोमबार १४:०१
भदौ १, रौतहट । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा गएको पहिरोमा परेर बेपत्ता भएका ३ जनाको शव फेला परेको छ ।
आज बिहान थप तीन जनाको शव फेला परेसँगै पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाएका हुन् । उनका अनुसार पहिरोले ३७ घरमा क्षति पु¥याएको छ ।
जुगल गाउँपालिकाले २२ साउनमा लिदीका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो । पालिकाका अनुसार अहिले वडा नम्बर २ कै सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ, बैगाङ टोल पनि पहिरोको जोखिममा रहेको छ ।