बालुवाटारमा ओलीसंग छलफल गर्न पुगे शेरबहादुर देउवा

   १ भाद्र २०७७, सोमबार १२:३२  

भदौ १, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गर्नका लागि बालुवाटार पुगेका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले बोलाएपछि नेता देउवा र नेता रमेश लेखकपनि बालुवाटारमा पुगेका छन् । आज बसेको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत छलफलमा सहभागी भएका हुन् ।

भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या समाधान लगायतका विषयमा पनि छलफल भइरहेकोे बालुवाटार स्रोतले बतायो