ठगी मुद्धामा साढे ४ महिनाअघि उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो । मधुमेह र उच्च रक्तचापको समस्याका कारण उनलाई १६ दिनअघि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
बिहीबार बिहान २ बजेतिर अस्पतालले उनलाई मृत घोषित गरेको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ ।