रौतहटमा पिसिआर परिक्षण प्रयोगशाला निर्माण गर्ने निर्णय
३१ साउन, रौतहट । कोरोना संक्रमणको दर बढी रहेको बेला रौतहटमा स्वाब परिक्षणको लागी प्रयोगशाला निर्माण हुने भएको छ ।
शुक्रवार स्थानिय पालिकाका प्रतिनिधि, राजनितिक दलका नेता लगायतको अन्र्तक्रिया कार्यक्रममा कोविड १९ भाइरस परिक्षणका लागी गौर अस्पतालमा पिसिआर ल्याब स्थापना गर्ने तयारी भएको हो । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले गौर अस्पतालमा कोभिड १९ परिक्षण ल्याब स्थापना गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला समन्वय समितको सभाकक्षमा सम्पन्न बैठकले प्रत्येक स्थानीय तहले कम्तीमा १०० वेड क्षमताको क्वारेन्टिन तत्काल संचालनमा ल्याउने, आइसोलेसन संचालनका लागि प्रत्येक स्थानीय तहले ५ लाखको दरले गौर अस्पताल विकास समितिको खातामा रकम उपलब्ध गराउने निर्णय भएको हो ।
बैठकले कोभिड १९ को लक्षण देखा परि संकास्पद व्यक्तीको मृत्यु भएमा मृतकको अनिवार्य कोभिड १९ परीक्षण गरि नतिजा प्राप्त भएपछाडि मात्र शव व्यवस्थापन गर्ने, पिसिआर ल्याब स्थापनका लागी कटहरीया, बौधिमाई, राजदेवी, गौर नगरपालिकाको प्रमुख, गौर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सहितको उपसमिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यसै गरी आइसोलेसन व्यवस्थापनका लागी समेत उपसमिति गठन भएको छ । बैठकले जिल्ला विपद् व्यवस्थापन कोषमा हाल मौज्दात रहेको रु. १७ करोड मध्येबाट कोभिड १९ रोकथाम, नियन्त्रण तथा समग्र व्यवस्थापनमा खर्च गर्ने अनुमतिका लागि गृह मन्त्रालयसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ ।