दर्शकले बहिष्कार गर्न थाले भने कलाकारको स्टारडम कसरी तल झर्छ भन्ने उदाहरण, उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलरमा आएको डिसलाइकलाई हेर्दा हुन्छ । महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।
यो चलचित्र अगष्ट २८ मा हटहस्टारबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलर सार्वजनिक भएको केही घन्टामा यसलाई ६ लाख २६ हजार भन्दा बढीले डिसलाइक गरेका छन् । यो संख्या बढ्ने क्रममा छन् । चलचित्रको ट्रेलरमा ५८ हजार लाइक आउँदा डिसलाइकको संख्या ६ लाख २६ हजार पुगेको हो ।
यसलाई सुशान्त सिंह राजपुतको निधनपनि भारतीय दर्शकमा महेश भट्ट र उनको परिवारप्रति देखिएको आक्रोशको रुपमा हेर्न सकिन्छ ।