ओलीलाई भेट्न बालकोट पुगे चिनियाँ नेता लिउ

   २८ असार २०७९, मंगलवार ११:१३  

२८ असार, रौतहट । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चिनियाँ नेता लिउ जियान्चाओ बालकोट पुगेका छन् ।

नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले मंगलबार बालकोट पुगेका स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ओलीलाई भेट्न उनको निजी निवास भक्तपुरस्थित बालकोट आज बिहान लिउ पुगेका थिए ।

यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा‚ परराष्ट्रमन्त्री नारायण खड्का‚ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् ।

त्यसैगरी, स्रोतका अनुसार लिउले मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने तयारी गरेका छन् ।