आज बकर ईद (इदुल जोहा) मनाइंदै
२६ असार, रौतहट । मुस्लिम धर्मावलम्बीहरुले आज दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाईदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने मुस्लिम धर्मावलम्बीहरुको धार्मिक मान्यता रहेको छ ।
बकरी ईद आजभन्दा करिब ४ हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानीको सम्झना स्वरूप मनाइने पर्व बकरीद हो । यही दिन देखि हिजारी संवतको नयाँ वर्षको सुरूवात हुनेगर्दछ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
नेपाल सरकारले बकरी इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ ।






