मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

   २४ असार २०७९, शुक्रबार १६:२९  

२४ असार, बारा । मोटरसाइकलको ठक्करबाट बारामा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ५ रुपवलियामा मोटरसाइकलको ठक्करबाट एक तीन वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी स्थानिय बिल्टु रामकी ३ बर्षीया छोरी सृष्टी कुमारीलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको ल्याएपनि गएराती १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिम्रौनगढबाट कोल्हबीतर्फ जाँदै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी ७:३० बजे बालिकालाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् फरार भएको मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।