थप ७८ जनामा कोरोना पुष्टि, ५०८ जना सक्रिय संक्रमित पुगे

   २३ असार २०७९, बिहीबार १८:२८  

२३ असार, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, २ हजार १३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ सय ३५ जना पुगेको छ ।

त्यस्तै, यो अवधिमा थप २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससहित हालसम्म देशभर संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको मृत्यु नभएपनि हालसम्म संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

हाल नेपालमा ५ सय ८ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।