स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

   २३ असार २०७९, बिहीबार १६:३७  

२३ असार, रौतहट । स्रोत नखुलेको रकमसहित रौतहटको इशनाथ नगरपालिकाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत राज्यको मुम्बई माहाराष्टका मोहम्मद साहिद रहेको प्रहरीले जनाएको छ । इशनाथ नगरपालिका वडा नम्बर ६ रामनगरबाट स्रोत नखुलेको १० लाख नगदसहित उनलाई हिरासतमा लिएको हो।

रामनगरबाट जयनगरतर्फ जदैँ गरेको बिआर ०५ यु ५१६५ नम्बरको मोटरसाइकलमा सवारी उनीलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा १० लाख नगद बरामद भएको थियो ।
रामपुर खाप सशस्त्र बि.ओ.पी रामपुर खापबाट खटिएको टोलीले साहिदको साथबाट बरामद भएको रकमको स्रोत नखु्लेको कारण निजलाई हिरासतमा लिएको प्रहरी नायब निरीक्षक कृष्णनन्दन राय यादवले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।