गौरमा एक पुरुषको शव फेला
द नेपाल मिडिया
२२ असार २०७९, बुधबार १४:५८
२२ असार, रौतहट । रौतहटको गौरमा आज एक जनाको शव फेला परेको छ ।
जिल्लाको सदरमुकाम गौरस्थित बि।पि चोक नजिकै अन्दाजी ५० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको छ । हाल मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।






