श्रोत नखुलेको रकमसहित धनुषाबाट २ जना पक्राउ
२१ असार, धनुषा । श्रोत खुल्न रकमसहित धनुषाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ का ३६ बर्षीय इश्वर मण्डल र सोही स्थानका १९ बर्षीय राजेश मण्डल रहेको प्रहरीले जनाएको छ ।
सवारी चेकजाँच गर्ने क्रममा जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै गरेको अवस्थामा ज.७ प ५००७ नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा रोकी चेक गर्दा उनीहरुको साथबाट ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद भएको थियो ।
उनीहरुको साथबाट बरामद भएको रकमको स्रोत नखुलेको कारण दुवै जनालाई हिरासतमा लिएको हो । रकम र मोटरसाइकलसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ ।