बागमती नदीमा दुई जना भारतीय नागरिकको शव फेला
१९ असार, रौतहट । बागमती नदीमा दुई जना भारतीय नागरिकको शव फेला परेको छ । बागमती नदीमा पौडी खेल्न गएका दुई भारतीय नागरिक बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएको दुवै जनाको शव भेटिएको छ भने उनीहरुकै संग आएका एक जनाको स्थानीले उद्धार गरेका थिए ।
रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न आएका भारतको सीतामढी जिल्ला कोट्बजारका ३१ वर्षीय मयंक अग्रवाल र ३१ वर्षीय गोलु कुमारको शव रौतहटको वृन्दावन नगरपालिका १ सल्लेरी नदी किनारमा फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहालले जानकारी दिए ।
BR ०१ HF ६६१९ नम्बरको कारमा आएका उनीहरु बेपत्ता भएपछि शनिबारदेखि नै खोजी कार्य जारी थियो ।






