आज थप ५३ जनामा कोरोना पुष्टि
द नेपाल मिडिया
१९ असार २०७९, आईतवार १७:२८
१९ असार, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार १ सय २० जना पीसीआर परीक्षण गर्दा जम्मा ५३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप २० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ सय ३३ जना कोरोना संक्रमित उपचारर रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।






