राज्यमन्त्री विमला वलीले आफ्नो पदबाट राजीनामा दिइन्
१५ असार, रुपन्देही । राज्यमन्त्री विमला खत्री वलीले आज राजीनामा दिएकी छन् ।
लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री वलीले आज आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले जनाएको छ ।
गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी वली पक्राउ परेकी थिइन् ।
अभद्र व्यवहार गरेकी वलीमाथि छानविनका लागि गठन भएको समितिलाई सघाउनलाई उनले राजीनामा दिएकी स्रोतले जनाएको छ ।






