नेपालमा संक्रमण दर बढ्दै, थप ४४ जनामा कोरोना पुष्टि
१४ असार, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार विगत २४ घण्टामा २ हजार ७ सय ९८ जनाको पीसीआर गर्दा ३८ कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, ६ जनामा एन्टिजेन सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, यो अवधिमा थप १७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएपनि हालसम्म नेपालमा ११ हजार ९५२ जनाको मृत्यु भइसकेको स्वास्थय मन्त्रालयले जनाएको छ ।
हाल देशभर २ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।






