४८ घण्टाभित्र आफ्नो पदबाट राजीनामा दिने पर्यटनमन्त्री आलेको घोषणा
१० असार, रौतहट । ४८ घण्टाभित्र आफ्नो पदबाट राजीनामा दिने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले घोषणा गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा आज मन्त्री आलेले राजीनामा दिने घोषणा गरेको स्रोतले जनाएको छ । पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो ।
थप २ महिनामा पनि काम गर्ने अवसर दियो, आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो एक सदस्यले बताएको स्रोतले जनाए । स्रोतका अनुसार आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पोलिटब्युरो एक सदस्यले बताएका हुन् ।
यस्तै, एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै आजनै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।






