सवारी दुर्घटना हुदाँ सुनसरीमा एक महिलाको मृत्यु
९ असार, सुनसरी । सवारी दुर्घटना हुँदा सुनसरीमा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको दुहवी नगरपालिका ३ स्थित विद्युत कार्यालय नजिकै टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका २ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा रहेकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान ९ बजेतिर प्रदेश नम्बर२–०३–००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।






