रौतहटको गढीमाई नगरपालिकामा ८ औँ नगरसभा सम्पन्न

   ८ असार २०७९, बुधबार १३:२७  

८ असार, रौतहट । रौतहटको गढीमाई नगरपालिकामा आज ८ औँ नगरसभा सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा बोलाइएको बैठकमा आर्थिक वर्ष ७९-८० को बजेट विनियोजितको विषयमा छलफल भएको छ । बुधबार भएको नगरसभामा प्रमुख अतिथि नगर प्रमुख (मेयर) श्यामप्रसाद यादले रहेका थिए ।

चौतर्फी नगर विकासका लागि आर्थिक वर्ष ७९-८० का लागि लयाएको बजेट सरहानिय रहेको र नगरवासीलाई चाहेको सेवा निर्वाह गर्नसकिने रहेको मेयर यादवले बताए ।

सभाहलमा नगर प्रमुख यादवले नगरपालिकाको समृद्धिको आधार कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधार रहेको भन्दैँ मुल नाराका साथ बजेट प्रस्तुत गरेका हुन् ।

आर्थिक वर्षको लागि विनियोजित रकम आन्तरिक आयलाई व्यवस्थित बनाउँदै कृषि, शिक्षा, स्वास्थ्य लगाएको योजनालाई प्राथमिकता दिई नगरविकास गर्ने मेयर श्यामप्रसाद यादवले बताएका छन् ।