घुस लिएको आरोपमा वीरगञ्जका नापी कार्यालयका एक बिचौलिया पक्राउ
८ असार, पर्सा । घुस लिएको रकमसहित वीरगञ्जका नापी कार्यालयका एक जना बिचौलिया पक्राउ परेका छन् ।
निजामति कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यररत रहेको बताउँदै घुस लिएको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद घुस लिएकै अवस्थामा उनलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराइ दिन्छु भन्दैँ घुसको लागि ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आइरहेका पाण्डेलाई मंगलबार दिउँसो ३ बजेतिर वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वमा खटिएको प्रहरी टोलीले पाण्डेलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।