मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

   ५ असार २०७९, आईतवार १४:०९  

५ असार, रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका २ मा शनिबार गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

हिजो गएराति १० बजेतिर तीव्र गतीको कारण दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार भएका ३० वर्षीय उज्जवल सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज अफ साइन्स भैरहवामा ल्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय सिराज अहमद मुसलमानको भैरहवामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।