नक्कली नोटसहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ
द नेपाल मिडिया
२ असार २०७९, बिहीबार १०:५४
२ असार, रौतहट । नक्कली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको गोरखपुर घर भएका २३ वर्षीय संजय सक्सेनालाई बंकुलबाट हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बंकुलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सक्सेनाको साथबाट करिब ९६ हजार भन्दी बढी नक्कली रकम बरामद भएको छ ।
नक्कली नोटसहित पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






